
काठमान्डौ/आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो ।
०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ ।