Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्ने – Lekhanpeeth

सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्ने

213
0
Share:

काठमान्डौ/भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिज पुगेका छन् । उनले त्यहाँ आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरूमा नेपाली टिमबाट खेल्नेछन् ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ ।

 

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ,’ क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् भनेका छन् ।

 

लामिछानेलाई टोलीमा समावेश गरेसँगै क्यानले बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेको छ । यद्यपि क्यानले उच्च अदालत पाटनले मे १५ मा लामिछानेको पक्षमा गरेको फैसलासँगै उनलाई टोलीमा राखेर जिसीलाई रिजर्भमा राखेको दाबी गरेको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलेको थियो ।

 

‘नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेश गरेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ

 

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकामा क्यानको चौतर्फी विरोध भइरहेको छ । तर क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ ।

Share: