Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाँकेमा मानवअधिकार आयोगकाे सुझाव संकलन – Lekhanpeeth

बाँकेमा मानवअधिकार आयोगकाे सुझाव संकलन

164
0
Share:

काठमान्डौ/राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयकउपर सरोकार भएकाहरूबीच साेमबार यहाँ सुझाव संकलन गरिएको छ । आयोगको केन्द्रीय कार्यालयले स्थलगत रूपमै सुझाव संकलन गरेको हो ।

 

आयोगका कामलाई थप प्रभावकारी बनाउन कानुन संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले सत्यको अधिकार, पीडितको परिपुरण र र मानवअधिकार रक्षाका लागि आयोगलाई स्वतन्त्र रुपमा अगाडि बढाउनुपर्ने बताए । “आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिन हामीले आजैबाट संकल्प गर्न जरूरी छ,” उनले भने, “आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिँदैन ।”

 

आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढंगले सञ्चालन गर्न कानुन संशोधन आवश्यक परेको बताए । त्यसका लागि नेपालगञ्जबाट पहिलो पटक सुझाव संकलन गरिएको उनको भनाइ छ । आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विधेयकलाई सुझावपछि संसद्‌मा पेस गरिने सदस्य दुवाडीले बताए । “विधेयक प्रस्तुत भइसकेपछि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौँ,” उनले भने ।

 

आयोगका सचिव मुरारी खरेलले नयाँ मस्यौदा प्रस्तुत गरिसकेको जानकारी दिए । आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउन थप विषय समावेश गरिने उनले बताए ।

 

सुझाव संकलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एसाेसिएसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहिन संघ बाँकेका अध्यक्ष भावुकजंग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फातिमा फाउन्डेसन नेपालका अध्यक्ष मैमुना सिद्धिकीलगायतले सुझाव दिएका थिए।

Share: