Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सभामुख घिमिरेसँग नर्वेकी राजदूत ड्रामडलको भेट – Lekhanpeeth

सभामुख घिमिरेसँग नर्वेकी राजदूत ड्रामडलको भेट

224
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदानप्रदान, विकास सहयोगलगायतका विषयमा छलफल भएको छ ।

 

भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान भएको, विकास लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो ।

 

नर्वेजियन राजदूत ड्रामडलले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताइन् । आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उनले उल्लेख गरिन् ।

 

राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिइन् ।

 

सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल-नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदानप्रदानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

Share: