Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
८.९० अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको सेयर कारोबार – Lekhanpeeth

८.९० अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको सेयर कारोबार

186
0
Share:

काठमान्डौ/सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेको छ। यसदिन नेप्से ०.४२ प्रतिशतले बढेर २०८२.०९ विन्दुमा बन्द भएको छ।

 

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आइतबार पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको कारोबार भएकोमा सोमबार पाँच अर्ब ४९ करोड छ लाख नौ हजार ७८२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ वृद्धि भएको हो।

 

यस दिन ३१४ वटा धितोपत्रको एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको हो। सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

Share: