Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आन्दोलनरत ट्याङ्कर चालक र सरकारबीच सहमति, आपूर्ति सुरु – Lekhanpeeth

आन्दोलनरत ट्याङ्कर चालक र सरकारबीच सहमति, आपूर्ति सुरु

212
0
Share:

काठमान्डौ/आन्दोलनरत ट्याङ्कर चालक र सरकारबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो ।आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका हुन् ।

 

सहमतिसँगै तेल आपूर्ति सुरु भएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थियो । सो कारण पनिपेट्रोल पम्पहरुमा बिहानैदेखि लाईन देखिएको थियो । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति पनि सुरु भएको हो ।

 

पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो ।

 

चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो ।

 

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।

Share: