प्रभु बैंकको ३०६औ शाखा मुगु को गमगडिमा सञ्चालनमा

Share:

काठमान्डौ/प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु, छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढि मा आफ्नो ३०६ औं शाखा खोली सेवा सञ्चालनमा ल्याएको छ ।

 

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ।

यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ । बैंकको गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

Share: