संसद् भवनभित्र खटिएका प्रहरी जवानले आफैंमाथि गोली हानेर गरे आत्महत्या

Share:

काठमान्डौ/संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

 

दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

 

‘बिहान ८ बजेर दुई मिनेटमा आवाज सुनिएको जानकारीमा आएको छ । घटनास्थलमा प्रहरी टोली गएको छ । के कारणले घटना भयो भन्ने बारे थप अनुसन्धान पछि थाहा हुन्छ’, उनले भने । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी जवान गोलेले आफैँ गोली हानेर आत्महत्या गरेको भन्ने जानकारी आएको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरी जवान गोलेले २०७८ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Share: