Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिरो खस्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा – Lekhanpeeth

पहिरो खस्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

145
0
Share:

काठमान्डौ/लगातारको वर्षाका कारण पहिरो खस्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

बुधबार बिहान सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ स्थित लोकमार्गको खुर्कोट-घुर्मी सडकमा लेदोसहितको पहिरो आउँदा ट्रक नै पुरेको थियो।

गोलन्जोरकै अक्करे भीरसहित अन्य २ ठाउँमा पनि पहिरोले सडक अवरूद्ध थियो। सिन्धुलीका डिएसपी अनीलकुमार खड्काले पहिरो केही हटाइएको र सवारी साधन एकतर्फी सञ्चालनमा रहेको जानकारी दिए।

 

‘एक्स्काभेटर प्रयोग गरी अहिलेलाई एकतर्फी सवारी साधन चल्ने बनाइएको छ। होल्ड भएका सवारी साधनहरू चलिसकेका छन्,’ उनले भने। ट्रक पुरेको स्थानमा पनि एक्स्काभेटरले पहिरो पन्छाइरहेको डिएसपी खड्काले जानकारी दिए। सडक दुइतर्फी नै सञ्चालनमा आउन भने केही समय लाग्ने उनले बताए।

Share: