‘नो भेहिकल जोन’ बनाउने महानगरको प्रस्तावविरुद्ध न्युरोडका व्यवसायीको विरोध प्रदर्शन

90
0
Share:

काठमान्डौ/काठमाडौंको न्युरोड क्षेत्रलाई काठमाडौं महानगरपालिकाले सवारी निषेधित क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै स्थानीयले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

 

महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावना विरोधी रहेको बताए । स्थानीय बासिन्दाको सम्पत्ती छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै यसलाई मास्न नहुने बताए ।

 

त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दवाएर महानगरले कुनै काम गर्न नपाउने बताए । उनले ऐतिहासिक स्थानलाई ‘नो भेलिकल जोन’ बनाउने कुराको विरोध हुनु स्वभाविक रहेको जिकिर गरे । स्थानीयबासी कोमल तुलाधरले न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन बनाउदा’ यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने बताए ।

 

स्थानीयले ‘भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौँ’, ‘न्युरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो’, ‘सेभ न्युरोड’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Share: