बलिवुड अभिनेता अनुपम खेरको अफिसमा चोरी

118
0
Share:

काठमान्डौ/बलिवुड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ ।

 

कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएको अभिनेता खेरले जानकारी दिएका छन् । यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेको उनले बताएका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएको र मुम्बई प्रहरीमा उजुरी दिएको बताए ।

 

अनुपम खेरले बताएका छन्-हिजो राति मेरो वीर देसाई रोडको अफिसमा दुईजना चोरले मेरो अफिसको दुई वटा ढोका तोडेर लेखा विभागको पूरै सेफ जुन सायद तोड्न सकेनन् र हाम्रो कम्पनीले निर्माण गरेको फिल्मको नेगेटिभ सामान चोरेर लगेका थिए । हाम्रो कार्यालयले एफआईआर दर्ता गरेको छ ।

 

सीसीटीभी क्यामेरामा दुवैजना सामान बोकेर अटोमा बसेको देखिएकाले छिट्टै चोरहरु समातिने प्रहरीले आश्वासन दिएको छ । भगवानले उनिहरुलाई सद्बुद्धि दिउन ।

 

चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख भारु बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए ।

Share: