बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित

94
0
Share:

काठमान्डौ/बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

 

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन । बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ । सरकारको बजेट माथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध रहेको थियो । प्रतिपक्ष दलको अवरोध पछि दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो ।

 

३ बजे पनि बैठक चल्न सक्ने अवस्था नरहेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको थियो । बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाले प्रतिपक्ष दलहरूले बजेट पुनः लेखन गर्न माग गरेका छन् ।

 

बजेट पुनः लेखन नभए सम्म बैठक चल्न नसक्ने प्रतिपक्ष दलले चेतावनी दिएका छन् । यसैबीच बजेट माथिको विवाद समाधान गर्न प्रदेशसभाका मुख्य ३ दल बिच छलफल भइरहेको जनाइएको छ । सत्तारुढ दल माओवादी केन्द्र, एमाले र प्रतिपक्ष दल कांग्रेस छलफलमा जुटेका हुन् ।

Share: