Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन – Lekhanpeeth

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

Share:

काठमान्डौ/संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।

 

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन्। अस्पतालमा हाल दशवटा डायलाइसिस मेसिन छन्। अस्पतालले दैनिक आठवटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा।बरालले जानकारी दिए।

 

एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ।

Share: