नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक राष्ट्रियसभामा पेस

113
0
Share:

काठमान्डौ/राष्ट्रियसभाको आजको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१’ पेस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका छन् ।

 

राष्ट्रियसभाको आज बसेकोे बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पु–याउन उचित कानुनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

 

राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १ः १५ बजे बस्नेछ ।

Share: