Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो – Lekhanpeeth

संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो

148
0
Share:

काठमान्डौ/लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ ।

 

मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाएको हो ।

 

एमालेको मागअनुसार विसं २०८० असार २६ मा सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले अर्थमन्त्रालयमा ठूलो मात्रामा अनियमित रकमान्तर गरेको विषयमा प्रदेशसभाले समिति गठन गरेको थियो ।

 

उक्त समितिमा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटा दलका एक–एकजना सांसद छन् । समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।

Share: