
काठमान्डौ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढे मात्रै देश समृद्ध बन्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए ।
सभापति देउवाले आदिवासी जनजातिहरू एक भए देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताए । सभापति देउवाले आदिवासी, जनजातिका माग सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए ।