Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल आइडलका टाइटल विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार – Lekhanpeeth

नेपाल आइडलका टाइटल विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

199
0
Share:

काठमान्डौ/नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई तथा उपहार दिएका छन् । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।

 

यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरू आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदु:खमा आफू साथ रहने समेत बताए ।

 

प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।

Share: