
काठमान्डौ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा साथै एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।