केईको इलेक्ट्रीक मोडल एक्स–३ प्रोको बुकिङ खुला

92
0
Share:

काठमान्डौ/केई मोटर्सको आधिकारीक बितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा सुविधा सम्पन्नशोरुम निर्माण गरेर शोरुम संचालनमाल्याएसँगै बुकिङ खुला गरेको हो । सुरुमा एक्स–थ्रीप्रो मोडल दुई भेरियन्टमा बुकिङ खुलागरिएको छ ।

 

अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँरहनेछ ।

 

कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमाशान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियमआयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

 

ऋीत्ऋका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्जदिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुलचार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्मचार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएमलामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले यसमाविभिन्न ५ कलर अप्सनपाउनु हुनेछ ।

 

वातावरणमैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमाप्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिकइन्फोटेन्टमेन्ट सिस्टम, ७इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।

 

चालकलाई पृथक ड्राइभिङ अनुभवप्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनिउत्कृष्ट छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसरमोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्रविशेषगरी हिलहोल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमकामोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ ।

 

यीवीनकेई अटोमोवाइलकम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइलकम्पनीको लगानीमा स्थापनाभएको हो । सन् २०१४ मा स्थापनाभएको केई अटोमोवाइलसँगआफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियमइन्जिन र ईभीदुबैमाकाम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ । ४.७ विलियनयुवान लगानी रहेको कम्पनीमा २८०० जनाकाम दार रहेका छन् ।

Share: