स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

99
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।

 

उहाँले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्नुपर्ने बताउनुभयो ।

 

सांसद कार्कीले भन्नुभयो, ‘‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस् । कापिँरहेको हातले उपचार गर्न सक्दैनँ । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ ।’’

 

त्यस्तै, नेकपा(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरुमा प्रमुख प्रकाशकीय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो । उहाँले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताउनुभयो ।

 

उहाँले स्थानीय सरकारहरु आर्थिक अनुशासनमा बस्न नसकेका बताउनुभयो ।

Share: