Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा – Lekhanpeeth

भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

196
0
Share:

काठमान्डौ/भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

 

गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशमलव ४ ओभरमा १३ रनमा समेटियो।​

 

इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए।​

 

जोनी बेयरस्टो र मोइन अलीलाई पनि पटेलले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए। त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने।

 

सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।

Tagssports
Share: