
काठमान्डौ/नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरू लोकतान्त्रिक हुन नसकेका बताए ।
उनले राज्यका सबै संयन्त्रहरूलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दलकाे ध्यानाकर्षण गराए । उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए ।
नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएका उनले बताए । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको उनको भनाइ छ । उनले नेपाली सेना र सशस्त्र प्रहरी पनि गणतन्त्रमैत्री हुन नसकेका बताए ।