सर्वनाममा सोमबारदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

73
0
Share:

काठमान्डौ/काठमाडौंको कालिकास्थान स्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कति सम्म भयावह अवस्थासिर्जना गर्न सक्छ ?लगायतका विभिन्न चिन्ताजनकप्रश्नहरू उठाइएको छ ।

 

राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूतआवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुतगरिएको छ ।नाटकलाईकवितामा समेत कलमचलाउँदै आएकाकवि सुरज पराजुलीले लेखेकाहुन् । प्रकृतिको विनास गरि विकासको बाटो खुलाउने आधुनिकमानवहरु शहरमा बसेर शान्ति र आनन्दखोज्दै शहरदेखि टाढा वनवोज खानजाने तथाप्रकृतिमा रमाउनचाहने मानवप्रवृतिप्रति लेखक रुष्ट देखिन्छन् । उनी भन्छन् कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्तिखोज्दै प्रकृतिको काखमापुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउनकहिल्यै छोडेनन् ।

 

माटोको अथवाप्रकृतिको सुगन्धमनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिनलाजलागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो ।उनले त्यही छट्पटि नाटक पूर्णविराममापोखेको बताउँछन् । उनी केहि समयअघि सर्वनाम नाटकघरमै रंगप्रशिक्षण लिएर रंगमञ्चमाप्रवेश गरेका हुन् ।

 

नाटकको परिकल्पनातथानिर्देशनआरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमाप्रकृतिको एउटा अंशहो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमाहामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किलहुने वातावरण सिर्जनागरिरहेका छौँ । यसप्रतिहामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहितबनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।

 

नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुनतामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षापौडेल, असिमथारु, भूमिकाथारू, विध्यकतिलक, बसन्तबहादुर खड्का, सरस्वतीदाहाल, युवराजथापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिशथापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्चतथापोस्टर रसिक राजले बनाएकाहुन् ।

 

नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्ममञ्चनहुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्तप्रदर्शन शनिबार १ बजे रहनेछ ।

Share: