किष्ट अस्पतालमा थप दुई जनामा कलेजो प्रत्यारोपण

78
0
Share:

काठमान्डौ/किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ ।

 

कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात् सूक्ष्म निगरानीमा राखी आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । योसँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ ।

 

अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृगौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ ।

Share: