प्रभु बैंकद्धारा भिजाबिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा

99
0
Share:

काठमान्डौ/पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि. लेभिजा ईन्टरनेशनल सँगको सहकार्यमापूर्ण नविनतम् सुविधा सहितको प्रभुबिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ ।

 

प्रभु बैंक लि. ले आज देखि सञ्चालनमा ल्याएको यो प्रभुबिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रियरुपमै ब्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ । यो प्रभुबिजनेश डेबिट कार्डप्रभु बैंकमा चल्ती Current खाता खोली कारोबार गर्ने÷गरिरहेका खाताधनी(Corporate Personals) हरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो ।

 

यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागिमात्र लक्षित छ ।व्यापारिक घरानाहरू,फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूलतथाकलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमितहुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवाप्रदायकआदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्टकिसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँकार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।

 

बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धितआफ्नो खर्चलाई डिजिटलाइज गर्न सकिने छ । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइनवापीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरु सँग खरीदगर्न सकिन्छ। यसरी व्याबसायिकप्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनिअग्रिम सुविधाप्रदानगर्नु पर्दैन र पछि हिसाबमिलानगर्न र अपरेशन झंझटकमगर्दै अग्रिमभुक्तानहरू व्यवस्थितगर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।

 

बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागिभुक्तानीगर्न सक्दछन् । उनीहरूले विक्रेताहरूसँग राम्रो छुटको लागि सीधै कुराकानीगर्न सक्दछन् किनकिविक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रुपमाभुक्तानी प्राप्त गर्दछन् ।

 

भुक्तानीप्रविधिमातीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथयसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागिभुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ। ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृति संग, व्यापारिक घरानाहरूले पारदर्र्शी र सजिलैसंग प्रशिक्षणको लागिभुक्तानीव्यवस्थितगर्न र भुक्तानी गर्न सक्दछन् ।

 

ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानलखरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूकालागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधाप्रदानगर्दछ ।

 

प्रभु बैंकद्धारा सञ्चालनमाआएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजताभई व्यवसाय प्रबद्र्धनमा सहजतातथापारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।

Share: