Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/बिहीबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेको छ । बुधबार ४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: