आज पनि आन्दोलनमा कृषि मन्त्रालयका कर्मचारी

75
0
Share:

काठमान्डौ/कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् ।

 

२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए ।

 

उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए । उनले आन्दोलन असार १४ गतेदेखि सुरु गरेको भए पनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए ।

Share: