Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भोलिदेखि मनसुनको सक्रियता घट्ने – Lekhanpeeth

भोलिदेखि मनसुनको सक्रियता घट्ने

267
0
Share:

काठमान्डौ/जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गरेर मनसुनी न्यून चापीय रेखा सोमबारदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने जनाएको छ। यसले गर्दा वर्षाको मात्रा घट्नेछ।

 

पछिल्लो तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकोले देशैभरि वर्षा भएको थियो। कतिपय ठाउँमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित पनि भएको छ।

 

सोमबारदेखि वर्षाको क्रम थामिए पनि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना भने यथावत छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको छ।

 

विभागले वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाइ यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि सुझाव दिएको छ।

Share: