बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो : रास्वपा

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।

 

‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरूले पनि बेचन झा पक्राउ परेपछि सरकार ढलेको दाबी गरेका छन् ।

Share: