पहिरोले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

85
0
Share:

काठमान्डौ/पहिरो गएपछि डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ । बेँसीशहर नगरपालिका-१, दलालमा मंगलबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।

 

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिरोले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

 

लमजुङ-तनहुँ जोड्ने मुख्य सडक हुँदै बेँसीशहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीशहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।

Share: