प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

Share:

काठमान्डौ/नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

 

बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गरी २८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेकाले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

 

प्रमुख सचेतक लेखकले भोलि (शुक्रबार) को संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेस सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

IMG-1720681572.jpg

Share: