असुरक्षा देखाउँदै पाइलटले बन्द गरे नलिनचोकको हेलिपोर्टबाट हेलिकप्टर उडान

106
0
Share:

काठमान्डौ/हवाई सुरक्षाको जोखिम कारण देखाएर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट हेलिकप्टर उडान बन्द गरेका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने भन्दै सूर्यविनायक नपा-१० मा ३३ रोपनी क्षेत्र ओगटेको हेलिप्याडको असार ७ गते पर्यटन मन्त्रीले उद्घाटन गरेका थिए ।करिब ११ करोडको लागतमा यहाँ हेलिप्याड बनाइएको हो । अहिले १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर सञ्चालनमा छन् ।

 

पाइलटहरूले वरपरका घरलगायत मानव निर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँगुरो भएको भन्दै उडान रोकेका हुन् । नागरिक उड्डयन प्राधिकरणले हवाई असुरक्षाको कारण देखाउँदै पाइलटहरूले उडान बन्द गरेको बताएको छ ।

 

व्यावसायिक उडान गरेपछि मानव निर्मित भौतिक संरचनाले असर परेको बताइएको छ ।

Share: