Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण – Lekhanpeeth

मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण

137
0
Share:

काठमान्डौ/मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ ।

 

काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूरोका प्रहरीले रातेपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट निजहरूलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

 

ब्यूरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

 

ब्यूरोको तथ्याङ्क अनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन् । पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्यूरोले जनाएको छ ।

 

ब्यूरोका प्रहरी नायब उपरीक्षक गोदारले मुख्यगरी गाउँबाट ठूला सपनाको प्रलोभनमा पारी मनोरञ्जन क्षेत्रमा ल्याई वेश्यावृत्तिलगायत कार्यमा लगाइँदा ती व्यक्ति विभिन्न शोषणमा पर्ने गरेका अनुसन्धानका क्रममा पाइएको बताए ।

 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने तथा वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ ।

 

उक्त ऐनले मुलुक बाहिर हुने ओसारपसार र बेचबिखनका साथै मुलुकभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै किसिमले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, डर, त्रास, धाक, र धम्कीका आडमा हुने कार्यलाई सङ्गठित अपराध मानेको प्रहरी नायब उपरीक्षक गोदारको भनाइ छ ।

 

विश्वभरिका तीन ठूला सङ्गठित अपराधमध्ये मानव बेचबिखन एक मुख्य अपराधका रूपमा रहेको छ । नेपाली समाजमा अहिले मानव बेचबिखन सुसुप्त ढङ्गले सञ्चालित भएको प्रहरीको अनुमान छ ।

 

अनाहत नेपालका कार्यक्रम व्यवस्थापक सञ्जय ढकालले मानव बेचबिखनको आन्तरिक आयामका बारेमा धेरै चर्चा नभएकाले विभिन्न प्रलोभनमा पारी किशोरीलाई व्यावसायिक केन्द्रमा ल्याई वेश्यावृत्तिमा लगाउने गरिएको बताए । आन्तरिक बेचबिखनमा पर्ने किशोरी मुलतः १३ देखि १७ वर्ष समूहका रहेका उनले बताए ।

 

Share: