Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिरोले दुई बस बगाएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त – Lekhanpeeth

पहिरोले दुई बस बगाएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

206
0
Share:

काठमान्डौ/नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले दुई वटा यात्रुबहाक बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । साथै बेपत्ताहरुको खोजी गरी उद्धार गर्न गृह प्रशासन लगायत सबै निकायलाई निर्देशन दिएका छन् ।

 

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको छ । दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ ।

 

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्:

 

नारायणगढमुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु। साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु।

Share: