मध्य रातमा दुई दलले राष्ट्रिय सहमतिको नाकट मञ्चन गरे : प्रधामन्त्री प्रचण्ड

114
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यराति ढोकाको चुकुल लगाएर दुई दलले राष्ट्रिय सहमतिको नाकट मञ्चन गरेको आरोप लगाएका छन् ।

 

शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् । सरकारले भ्रष्ट्राचारको फाइल खोल्ने थालेपछि एकाएक राजनीतिक परिवर्तन भएको उनको दाबी छ । यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उनले माओवादीले संविधान कहिल्यै कमजोर बनाउन नदिने बताए ।

 

उनले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि बचाएको बताए ।

Share: