प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत

91
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । शुक्रवार भएको मतदानमा प्रचण्डले संसद्बाट विश्वासको मत पाएनन् ।

 

मतदानको प्रक्रियामा प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत खसेको थियो । त्यस्तै १ मत तटस्थ रहेको थियो । शुक्रवार संसदमा २५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

 

प्रचण्डले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिएका हुन् । पाँचौँ पटकमा भने उनी विश्वासको मत पाउनबाट असफल भए ।

 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै वर्तमान सरकार ढलेको छ ।

Share: