Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डिजिटल कारोबार : क्यूआर र वालेटबाट हुने भुक्तानीमा उलेख्य वृद्धि – Lekhanpeeth

डिजिटल कारोबार : क्यूआर र वालेटबाट हुने भुक्तानीमा उलेख्य वृद्धि

273
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा क्यूआरबाट हुने भुक्तानी ९१.९१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जेठसम्म क्यूआरबाट २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएकोमा चालु आर्थिक वर्षको जेठसम्म ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ भएको छ।

 

यसैगरी, वालेटबाट हुने कारोबारमा पनि ४५.७१ प्रतिशतले वृद्धि आएको छ। गत आर्थिक वर्षको जेठसम्म वालेटबाट २० अर्ब १४ करोड ५० लाख रुपैयाँको कारोबार भएको चालु आर्थिक वर्षको जेठसम्म २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। पीएसओबाट हुने कारोबार पनि चालु आर्थिक वर्षको जेठसम्म बढेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म पीएसओबाट ५ अर्ब ५० लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

 

यस अवधिमा अन्य भुक्तानी साधनहरू वालेटहरूबाट भने जम्मा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। यो २ करोड ३० लाख ३८ हजार २४० वालेट सेवा प्रयोगकर्ताहरूबाट भएको भुक्तानी कारोबार हो ।

 

राष्ट्र बैंककाअनुसार सबैभन्दा बढी कनेक्ट आईपीएसमार्फत समीक्षा अवधिमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ। यसैगरी ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ३ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन्।

 

यस्तै, एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ भुक्तानी कारोबार भएकोमा डेबिटकार्ड र क्रेडिटकार्ड मार्फत क्रमशः ९४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र २ अर्ब ३ करोड ५० लाख रुपैयाँ कारोबार भएका छन्। यसैगरी, इन्टरनेट बैंकिङ्ग सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको केन्द्रीय बैंकले जनाएकाे छ ।

Share: