ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

Share:

काठमान्डौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

 

ओलीले शुक्रवार नै आफ्नो दल नेकपा एमालेसँगै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

 

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले प्रधानमन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

Share: