Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै – Lekhanpeeth

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

196
0
Share:

काठमान्डौ/संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछन् ।

 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताकाे अवस्था र यस सम्बन्धमा मधेशी आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।

 

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका सम्बन्धमा छलफल हुने बताइएको छ ।

Share: