Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आन्दोलनरत कर्मचारीहरूको माग १५ दिनभित्र सम्बोधन गर्न मन्त्री अधिकारीको निर्देशन – Lekhanpeeth

आन्दोलनरत कर्मचारीहरूको माग १५ दिनभित्र सम्बोधन गर्न मन्त्री अधिकारीको निर्देशन

210
0
Share:

काठमान्डौ/कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्दोलनरत कर्मचारीहरूलाई आन्दोलन स्थगित गर्न भनेको छ ।

 

मन्त्रालयले मंगलबार सूचना जारी गरेर कर्मचारी समायोजन ऐन २०७५ बमोजिम संघमा समायोजन भएका नेपाल कृषि सेवाका प्राविधिक कर्मचारीहरूको स्थायी पुल दरबन्दी स्वीकृति पद दर्ता र पदस्थापनाका सम्बन्धमा कर्मचारीहरूबाट राखिएका गुनासो तथा मर्काको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै आन्दोलन स्थगित गर्न भनेको हो । कर्मचारीहरूको गुनासो तथा माग सम्बोधनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आगामी १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीद्वारा निर्देशन भएको सूचनामा उल्लेख छ ।

 

कृषि मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन समूह (आ.का.स.)को रूपमा संघमा ३७८ स्थायी पुल दरबन्दी कायम गर्न नेपाल सरकारका पूर्वमुख्य सचिवको उपस्थितिमा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् कृषि मन्त्रालयका सचिवसहितको सहभागितामा यसअघि नै छलफल भई सकेको मन्त्रालयले स्मरण गराएको छ । २०८१ आषाढ १६ गतेदेखि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीहरूले धर्ना दिई रहेका छन् ।

Share: