ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिदा १३ भारतीयसहित १६ जना बेपत्ता

82
0
Share:

काठमान्डौ/एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिदा १६ सदस्यीय चालक दलका सदस्य बेपत्ता रहेका छन् । जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको छ ।

 

ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।

 

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका नागरिक रहेको बताइएको छ ।

Share: