
काठमान्डौ/त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लामो समयदेखि स्थगित उपप्रध्यापकको परीक्षा भदौदेखि सुरु हुने भएको छ।
त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो।
आयोगले जारी गरेको सूचना अनुसार प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा हुनेछ।