Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्‍याउँछु : गृहमन्त्री लेखक – Lekhanpeeth

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्‍याउँछु : गृहमन्त्री लेखक

Share:

काठमान्डौ/गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्‍याउने बताएका छन्।

 

मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृह मन्त्री लेखकले प्रहरी सम्बन्धी कानूनको संशोधन अहिलेको प्राथमिकता भएको बताए । प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृह मन्त्री लेखकको भनाइ छ ।

 

सबै कानूनहरु समसामयिक रूपमा परिमार्जन, संशोधन र पुनरावलोकन गर्न आवश्यक भन्दै विधिको शासनका लागि कानूनमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताए । उनले नेपाल प्रहरीमा जनशक्तिको अभाव भएको विषय आफूले बुझेको बताए ।

Share: