Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त – Lekhanpeeth

महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

Share:

काठमान्डौ/वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Share: