Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी – Lekhanpeeth

व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

232
0
Share:

काठमान्डौ/शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिकसात लाख आम्दानी गर्दै आएका छन् । उनले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आएका हुन ।

 

घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बङ्गुर र माछा हेरचान गर्छन् । बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्नेलगायत काममा व्यस्त हुने गरेको चौधरीले बताए । उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बङ्गुर, दुई वटा पोखरीमा विभिन्न जातका माछा छन् ।

 

पोखरीको डिलमा लहरै बङ्गुरका खोर निर्माण गरिएका छन् । चौधरी विद्यालयमा रहेका बेला उनकी श्रीमतीले फार्ममा पालेका बङ्गुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छन । चौधरीले बैंकबाट पाँच लाख ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताए । सबै खर्च कटाएर वार्षिकसातसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए । बङ्गुरको माउभन्द पाठा बढी बिक्री हुने गरेको उनले सुनाए ।

 

“वर्षमा १० वटा जती खसी बिक्री हुन्छन”, चौधरीले भने, “माछा सात क्विन्टल, बङ्गुरका पाठा ६० वटा जति बिक्री हुने गरेका छन् ।” फार्ममा छिट्टै हुर्कने डयुरो जातका बङ्गुर पालेको उनले बताए । “बङ्गुरका पाठापाठीको माग निकै बढी छ”, उनले भने “माग अनुसार पुर्याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्दछन ।”

 

बङ्गुरका एक वर्षका पाठापाठी चार हजार पाँच सयसम्ममा बिक्री हुने चौधरीले जानकारी दिए । “पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन् । कहिलेकाही कलुवापुर, झलारीलगायत बजारमा पु¥याउनु पर्दछ”, उनले भने “खसीबोकाको माग दसैँंतिहारलगायत चाडपर्वमा बढी हुने गर्दछ । व्यापारीले घरबाटै खरिद गरी लैजान्छन् ।”

 

कोरोना महामारीका बेला फार्ममा पालिएका बङ्गुर, खसीबोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले विस्तारै व्यवसाय तङ्ग्रिदै जान थालेकाले आम्दानी बढ्न थालेको बताए । फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उनले तीन कोठे पक्की घर पनि बनाएको बताए ।

 

“विद्यालयबाट पाउने तलब बापतको पैसा घर खर्चमा लागि पुग्दैन”, चौधरीले भने, “फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ ।” आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाई केही कामदारसमेत राख्ने योजना बनाएको उनले सुनाए ।

Share: