Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन – Lekhanpeeth

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

234
0
Share:

काठमान्डौ/कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका-८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

 

आज बिहानदेखि अवरुद्ध बनेको कालीकोट-जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

 

“कर्णाली राजमार्गमा वर्षात्का समयमा पहिराको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटक पटक सूचना जारी गरिरहेका छौँ”, उनले भने, “आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालन भइरहेको छ ।”

 

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेको छ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म-गमगडीका विभिन्न खण्डमा सडक अवरुद्ध हुने गरेकाले अवस्था बुझेर यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको हो ।

 

सडक डिभिजनको जुम्लाको कार्यक्षेत्र कर्णाली राजमार्गअन्तर्गत दैलेख-कालीकोट हुँदै नाग्मसम्म र नाग्म-गमगढी सडकका विभिन्न खण्ड पहिराको उच्च जोखिममा रहेका छन् ।

Share: