कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

102
0
Share:

काठमान्डौ/अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

 

विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमति पत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए । आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

 

अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।

Share: