Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ तपाईँको आजको राशिफल – Lekhanpeeth

यस्तो छ तपाईँको आजको राशिफल

203
0
Share:

काठमान्डौ/आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

 

मेष : दैनिकी राम्रो छ। योजना सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नाफा हुनेछ। राजनीति क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

वृष : पुराना मित्रसँगको भेटले मनमा उत्साह बढ्नेछ। नयाँ योजना बन्नेछ। सामाजिक क्षेत्रमा गरेको कामले मन खुशी हुनेछ। आर्थिक प्रगति हुनेछ। परिवारसँगको सहकार्यले दैनिकी सहज बन्नेछ। काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ।

 

मिथुन : दिन सामान्य छ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। प्रेममा सफलता मिल्नेछ। व्यापारमा पार्टनरले धोका दिने खतरा देखिन्छ। लगानी गर्नु अगाडि विवेक प्रयोग गर्नु फाइदाजनक देखिन्छ। परिवारको तर्फबाट भने सहयोग मिल्नेछ।

 

कर्कट : अवसरको सिर्जना हुने दिन छ। लगानी गरेको भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। साथीले विश्वास गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पश्चिमको लामो यात्रा भने नगर्नु राम्रो हुनेछ। कुनै योजना बनाएको भए सुरुमै सार्वजनिक नगर्नु राम्रो हुनेछ।

 

सिंह : दिन रमाइलो छ। लगानीका क्षेत्रबाट उत्साह बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले उत्साह बढ्नेछ। निर्णय क्षमतामा कमजोर बन्दा विपक्षीले खेल्ने जोखिम देखिन्छ। परिवारले शंका गर्ने जोखिम देखिन्छ।

 

कन्या : आज राम्रो अवसर प्राप्त हुनेछ। रमाइलो समाचारले मनमा उमंग बढ्नेछ। वैदेशिक क्षेत्रका गरेको लगानीले नाफा हुनेछ। डुब्नै लागेको धन प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

 

तुला : दिन सामान्य छ। तपाईंको विरोध गर्नेहरु सक्रिय छन्। योजना बनेको भए सुरुमै सार्वजनिक नगर्नु राम्रो हुनेछ। स्वदेशमा लगानीको अवसर प्राप्त हुने योग छ। परिवारको साथले महत्तवपूर्ण काम सहजै बन्नेछ।

 

वृश्चिक : आफन्तको सहयोगले काम बन्नेछ। लामो समयदेखि अवरुद्ध बनेको योजना अगाडि बढ्नेछ। मनमा भने खटपटी बढ्ने जोखिम देखिन्छ। परिवारको रचनात्मक साथ र सहयोग मिल्नेछ।

 

धनु : राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। सामान्य लगानीबाट राम्रो आम्दानी हुनेछ। न्याय क्षेत्रमा तपाईंको कामको उचित मूल्यांकन हुनेछ। प्रेम सम्बन्ध कसिलो बन्नेछ। सानो लगानीबाट राम्रो आम्दानी हुने दिन छ।

 

मकर : धन आर्जन गर्ने समय छ। तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने आफन्तले असहयोग गर्दा मन दुःखी बन्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। तपाईंले सोचेको काम पूरा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

 

कुम्भ : शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा लाभ हुनेछ। प्राविधिक क्षेत्रको रमझमले मन तान्नेछ। सन्तान सुख प्राप्त हुनेछ। आफ्नो हैसियत नबुझ्दा विवाद बढ्ने जोखिम छ।

 

मीन : धन आर्जनको स्रोत पत्ता लाग्नेछ। साथीबाट सकारात्मक सहयोग प्राप्त हुनेछ। रुप र पदको घमण्ड गर्दा अरुले कुरा काट्नसक्छन्। परिवारसँगको सल्लाह वा छलफलमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्राविधिक क्षेत्रको लगानीले मनमा खुशी मिल्नेछ।

Share: