
काठमान्डौ/बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । त्यहाँ नेपाली काँग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामाले आज बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादचन्द्र शर्मा शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८(२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।