Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या – Lekhanpeeth

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

Share:

काठमान्डौ/सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रहरीका अनुसार उनीमाथि धारिलो हतियार प्रहार भएको छ। रायको कसले हत्या गरेको खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।

 

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Share: